शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड रूपैयाँ (पूर्णपाठसहित)
Breaking News

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड रूपैयाँ (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालू आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।

जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात् ५९.५८ प्रतिशत रहेको छ भने चालू तर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ । यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रूपैयाँ अर्थात् १२.३१ प्रतिशत बजेट विनियोजन गरिएको हो ।

सरकारले चालू आर्थिक वर्षमा ३६ अर्ब ७४ करोड ६६ लाख ३६ हजार रूपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार, चालू आर्थिक बर्षको खर्च नभएर बाँकी रहन जाने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब २ करोड २० लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख रूपैयाँ र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख रकम परिचालन गरिनेछ ।

नेपाल सरकारबाट प्राप्त हुने समपूरक वापत १ अर्ब २१ करोड ५० लाख रूपैयाँ, विशेष अनुदान वापत ६६ करोड ८० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

(पूर्णपाठसहित)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार