शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • रेडियोमै पत्रकारमाथि कुटपिट
समाचार

रेडियोमै पत्रकारमाथि कुटपिट

बझाङ । बझाङको रेडियो जयपृथ्वीमा कार्यरत पत्रकार कर्ण धामीमाथि कुटपिट भएको छ । बिहीबार राति रेडियोको स्टुडियोमै प्रवेश गरी सुर्मा गाउँपालिका–४ का खडक बोहराले कुटपिटका साथै ज्यान मार्ने धम्की दिएका हुन् ।

बोहराले रेडियोको स्टुडियोमै प्रवेश गरी अपशब्द प्रयोग गर्दै कुटपिट गरेका रेडियोका अध्यक्ष प्रताप ओलीले जानकारी दिए । मदिरा खाएर स्टुडियोमा पसेका बोहराले रेडियोमा प्रशारण हुने श्रद्धाञ्जलीको विषयमा कुरा गर्ने क्रममा आफूमाथि कुटपिट भएको पीडित धामीले बताए ।

बोहराको कुटपिटबाट धामीको हातमा चोट लागेको छ । सञ्चारकर्मीमाथि अक्रमण गर्ने बोहरालाई नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारबाहीको माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै समाचारका विषयमा असहमति भए उजुरी गर्ने बाटो हुँदा हुँदै कार्यालयमै सञ्चारकर्मीमाथि हमला गर्नु समग्र सञ्चारकर्मीमाथिको हमला भएको जनाएको छ ।

रेडियोका अध्यक्ष ओलीले सञ्चारकर्मी धामीमाथि कुटपिट गर्ने बोहरालाई कारबाहीको माग गरेका छन् । ‘रेडियोका कर्मचारी धामीलाई कुटपिट, गाली बेइज्जती तथा अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिनु समग्र पत्रकार जगतमाथि नै हमला जनाएको हो । घटनामा संलग्न बोहरालाई कडा कारबाही गर्न माग गर्दछु । ओलीले विज्ञप्तिमा भनेका छन् ।

प्रेस चौतारी बझाङ शाखाले पनि सञ्चारकर्मी धामीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कानुनी दायरमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार