आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो
अर्थ

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० र १० रुपैयाँ घटाएको छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो ।

मूल्य घटेसँगै अब पेट्रोल लिटरको एक सय ७० र डिजल र मट्टीतेल लिटरको एक सय ५३ रुपैयाँमा झरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । यसअघि अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न भनेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार