आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो वाणिज्य बैंकहरुको निक्षेप
अर्थ

४३ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो वाणिज्य बैंकहरुको निक्षेप

काठमाडौं । करिब २ सातामा २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्ममा बैंकहरुको निक्षेप थप ६ अर्बले बढ्दै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् जेठ १ गतेदेखि ६ गतेसम्ममा ७ अर्ब रुपैयाँले बढेको थियो ।

यता निक्षेप बढेसँगै बैंकहरुले कर्ता लगानीसमेत बढाएका छन् । संघका अनुसार पछिल्लो हप्ता अर्थात् जेठ ६ गतेदेखि १३ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ४ अर्बले कर्जा बढाउँदै कुल ४१ खर्ब ९८ अर्ब लगानी गरेका छन् । अघिल्लो हप्ता ३ अर्ब रुपैयाँले लगानी बढाउँदै बैंकहरुले कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार