सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको प्रतिलिटर १८० रूपैयाँ
अर्थ

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको प्रतिलिटर १८० रूपैयाँ

काठमाडौं । इन्धनको मूल्य फेरि बृद्धि भएको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरेको हो ।

अब एक लिटर प्रेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६३ रुपैयाँ, खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको हो ।

हवाई इन्धन (अन्तरिक तर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजेलमा ३ अर्ब ४० करोढ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने देखिएको निगमले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार