शनिबार, साउन १२, २०८१
  • होमपेज
  • धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित
Breaking News

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित

काठमाडौं । धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार तथा निवर्तमान नगरप्रमुख नृपबहादुर ओडलाई झण्डै दोब्बर मतले पछि पार्दै विजयी भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी ओडले १४ हजार ८१७ मत ल्याएर पराजित भए । त्यस्तै अर्का मेयरका उम्मेदवार एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरे ।

२०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए ।

उपमेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छन् । माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई २ हजार ८०९ मतान्तरले पछि पार्दै राना विजयी भएकी हुन् । रानाले १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत प्राप्त गरिन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार