शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • जयपृथ्वी नगरपालिकामा गठबन्धनका बजाल विजयी
Breaking News

जयपृथ्वी नगरपालिकामा गठबन्धनका बजाल विजयी

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाको नगरप्रमुखमा गठबन्धनका साझा उम्मेदवार (नेपाली कांग्रेस) का चेतराज बजालले विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार सुरतबहादुर सिंहलाइ १ हजार ४७१ मतले पछि पार्दै गठबन्धनका बजाल विजयी भएका हुन् । अन्तिम मतपरिणामअनुसार बजालले ४ हजार ९७० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सिंहले ३ हजार ४९९ मत ल्याएर पराजित भएका हुन् ।

नगरपालिकाको उपमेयरमा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धन (नेकपा माओवादी) का रतनबहादुर सिह ४ हजार ६२७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमाले जमुना चन्द ३ हजार ३९१ मत ल्याएर पराजित भएकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार