शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • धनगढीमा गोपाल हमालक‍ो अग्रता कायमै, ७०५१ मतले पछि परे नृप वड
Breaking News

धनगढीमा गोपाल हमालक‍ो अग्रता कायमै, ७०५१ मतले पछि परे नृप वड

कैलाली । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार गोपाल हमालले अग्रता कायमै गरेका छन् । पछिल्लो मतपरिणामअनुसार हमालले १३ हजार ८२३ मतसहित अग्रता कायमै राखेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३० हजार ६९८ मतगणना हुँदा हमालले ७ हजार ५१ मतले अग्रता लिएका छन् ।

कांग्रेसका नृप वडले ६ हजार ७७२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत ल्याएर तृतीय स्थानमा छन् ।

उपमेयरमा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले ६ हजार १८१ मत प्राप्त गरेकी छन् भने एमालेकी कन्द्रकलाकुमारी रानाले ५ हजार ४५५ मत ल्याएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार