बुधबार, असार १२, २०८१
  • होमपेज
  • थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी
Breaking News

थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी

बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश रोकाया विजयी भएका छन् । रोकायाले २ हजार ७७४ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार ११२ मतले पराजित भएका हुन् ।

गाउँपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादी पार्टीका विनोद थापाले १ हजार २०३ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खातीले ३ हजार १५० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मीरादेवी रावलले २ हजार ५८७ मत मात्रै प्राप्त गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार