आइतवार, पुस ७, २०८१
  • होमपेज
  • नेपाललाई डब्ल्यूएचओले निरन्तर सहयोग गरिरहने:डा. टेड्राेस
समाचार

नेपाललाई डब्ल्यूएचओले निरन्तर सहयोग गरिरहने:डा. टेड्राेस

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन् । आज बिहीवार काठमाण्डौ पुगेका डा. गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेटे । भेटवार्ताका क्रममा नेपालमा विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहने कुरामा छलफल भएको थियो ।

भेटमा डब्ल्यूएचओ र नेपालबीचको सम्बन्ध आउँदा दिनमा अझ प्रगाढ रहने कुरामा छलफल भएको थियो । भेटमा महानिर्देशक गेब्रेयेससले नेपाल आएर खुसी लागेको र डब्ल्यूएचओले निरन्तर सहयोग गरिरहने बताए। उनले भन्, ‘नेपाल आएर खुसी लागेको छ । हाम्रो सहयोग जनस्वास्थ्यका क्षेत्रमा रहिरहनेछ । हामीले सकेको सहयोग नेपाललाई गर्नेछौँ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार