बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अछामका न्यायाधीश जोशी सर्वोच्च सर्वोच्च अदालतमा काजमा सरुवा
Breaking News

अछामका न्यायाधीश जोशी सर्वोच्च सर्वोच्च अदालतमा काजमा सरुवा

 

प्रधानन्यायाधीश दीपककुमार कार्कीले बलात्कार पीडित महिलालाई साढे तीन वर्ष कैद सजायको फैसला गर्ने अछामका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालतमा काजमा सरुवा गरेका छन् । दबाब र प्रभावमा परेर बयान फेर्न बाध्य पारिएकी महिलालाई सजाय गर्ने तर अभियुक्तलाई सफाइ दिने विवादास्पद फैसला गरेका जोशीमाथि न्याय परिषद्ले पनि छानबिन गरिरहेको छ । प्रारम्भिक छानबिनबाट जोशीलाई न्यायिक विचलन नदेखिएको तर कार्यक्षमताको अभाव हुन सक्ने पाइएको न्याय परिषद्का एक सदस्यले बताए ।

गत चैत १३ मा हुँदै नभएको कानुनी व्यवस्थालाई उद्धृत गर्दै पीडित महिलालाई प्रतिरक्षाको मौकासमेत नदिई कैद सजाय हुने फैसला गरेको थियो । त्यसविरुद्ध दिपायल उच्च अदालतमा पुनरावेदनको निवेदन दिने तयारी गरेकी छन् । सरकारी वकिलले पनि अभियुक्तलाई सफाइ दिने न्यायाधीश जोशीको फैसलाविरुद्ध पुनरावेदन गर्ने भएको छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले न्यायाधीश जोशीलाई प्रधानन्यायाधीशले काज सरुवा गरेपछि अछाममा अर्को न्यायधीश पठाउने तयारी भइरहेको बताए । अछाममा परिषद्ले उपलब्ध गराएका जिल्ला न्यायाधीशको नाममध्येबाट निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेर खटाउने छ । यसअघि कामु प्रधानन्यायधीश कार्कीले काठमाडौं जिल्ला अदालतका न्यायधीशद्वय अम्बिका निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्चमा काज सरुवा गरेर परिषद्मार्फत अनुसन्धान गराइरहेका छन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार