बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • निलम्बित गभर्नरद्वारा मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर
अर्थ

निलम्बित गभर्नरद्वारा मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर

 

निलम्बित गभर्नर महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै त्यो निर्णय खारेजीको माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेले भन्ने, “निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध ल्याएको रिट निवेदन दर्ता भएको छ । आज अलि ढिला रिट दर्ता भएको हो । रिटमाथि सुनुवाइ पर्सि मङ्गलवार हुनेछ”,
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएर गभर्नर अधिकारीलाई स्वतः निलम्बन गर्ने निर्णय गरेको थियो । छानबिन समितिको त्यो निर्णय खारेज गर्न रिट निवेदनमा माग गरिएको छ । मन्त्रिपरिषद्को गएको चैत २५ गते बसेको बैठकले अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार