बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
शनिबार मध्यराति भएको सडक दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहराका छोरा बिनोद बोहराको ज्यान गएको प्रहरीले जनाएको छ ।
बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको हो । जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।
फेसबुक प्रतिक्रियाहरु