शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • साप्ताहिक र बम्पर विजेता १५ जना रहने गरी ६१ जना विजेता लाभान्वित हुने : नयाँ वर्षमा आइएमईको योजना
अर्थ

साप्ताहिक र बम्पर विजेता १५ जना रहने गरी ६१ जना विजेता लाभान्वित हुने : नयाँ वर्षमा आइएमईको योजना

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा आईएमईले ‘आईएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख १ देखि ३१ गतेसम्म ३१ दिनका लागि कायम रहनेछ । काठमाण्डौको पानीपोखरीमा रहेको आईएमईको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यो योजना सार्वजनिक गरिएको हो । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता योजनाले सेवाग्राही र आईएमईबीचको सम्बन्धलाई अझ बलियो बनाउन भूमिका खेल्ने बताए।

यो एक महिने योजनाअन्तर्गत विदेशबाट आईएमईबाट पठाइएको रकम नेपालभरिका एजेन्टरसब एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी यो योजना अवधिभरि ६० जना विजेताहरूले प्रतिव्यक्ति २ हजार ७९ रुपैयाँ र बम्परका एक जना भाग्यशाली विजेतालाई दुई लाख सात हजार नौ सय रुपैयाँ प्रदान गरिनेछ । यो योजनामा सहभागी भएका सेवाग्राहीमध्ये ६१ जना विजेता लाभान्वित हुनेछन् भने यसका विजेताहरू प्रणालीमा आधारित स्वचालित लक्की ड्र बाट निर्धारण गरिनेछ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेज, वेबसाइट र सञ्चारमाध्यमबाट सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा सर्तहरू लागू गरिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार