शनिबार, साउन १२, २०८१
  • होमपेज
  • भोली शनिबार देखि प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने
Breaking News

भोली शनिबार देखि प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने

 

कैलालीको धनगढीमा भोली शनिबार देखि प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ। वनदेवी युवा क्लबले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो। वैशाख ३ गतेदेखि १० गतेसम्म कैलालीको धनगढी स्थित रङ्गशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए। प्रतियोगितामा विभागीय टिमसहित ८ क्लबको सहभागिता रहने छ। गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने छ। प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष जोशीले बताए। महिला गोल्डकप सञ्चालनका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने उनले बताए। धनगढी स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगिता रात्रिकालीन हुने आयोजक बनदेवी क्लबले जानकारी दिएको छ। धनगढीमा दिउँसो अत्याधिक गर्मिहुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष जोशीले बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार