आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • पेट्रोलियम पदार्थ आयातका लागि नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा २ अर्ब ऋण उपलब्ध गराईने
अर्थ

पेट्रोलियम पदार्थ आयातका लागि नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा २ अर्ब ऋण उपलब्ध गराईने

 

 पेट्रोलियम पदार्थ आयातका लागि नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ऋण उपलब्ध गराउने भएको छ । आगामी अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता बापत तिर्नु पर्ने रकम अभाव भएपछि ऋण प्रक्रिया अघि बढेको आयल निगमले जनाएको छ । निगम सञ्चालक समितिको आग्रहपछि बैंकले ऋण उपलब्ध गराउने जानकारी दिएको तर सरकारको जमानी माग गरेको निगमका नायव कार्यकारी निर्देशक एवं आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताए । नागेन्द्र साहले भने, ‘तत्काललाई २ अर्ब रुपैयाँ उपलब्ध गराउने बचन आएको छ, सरकारी जमानीका लागि वाणिज्य मन्त्रालयमार्फत अर्थमा प्रस्ताव पठाइएको छ’

उनकाअनुसार आगामी २३ तारिखमा इन्डियन आयल कर्पोरेसन ९आईओसी० लाई १५ अर्ब हाराहारी रकम बुझाउनु पर्छ । जसका लागि अपुग रकम बैंकसँग मागिएको हो । निगमको मूल्यस्थिरीकरण कोषमा अब ३० करोड रुपैयाँ बाँकी रहेको र बजारको दैनिक कारोबारबाट त्यस अवधिमा १५ अर्ब हाराहारी रकम उठ्ने साहले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार