सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • पाठ्यक्रम विकास केन्द्रद्वारा विद्यालय तहको पाठ्यपुस्तकमा २०७७ सालकै मूल्य लागू गर्न निर्देशन
Breaking News

पाठ्यक्रम विकास केन्द्रद्वारा विद्यालय तहको पाठ्यपुस्तकमा २०७७ सालकै मूल्य लागू गर्न निर्देशन

पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यपुस्तकमा यस वर्ष पनि २०७७ सालकै मूल्य लागू गर्न निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यथावत रहेको भएकोले सोही अनुरुप गर्न गराउन निर्देशन दिएको हो । केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्तक ९संस्कृत धारसमेत० को पुस्तकको मूल्य विवरण अनुसार गर्न गराउन भनेको छ । केन्द्रले कक्षा १ को मातृभाषारस्थानीय विषयबाहेकको जम्मा मूल्य ५१८ रुपैयाँ चार पैसा, कक्षा दुईको मातृभाषा(स्थानीय विषयबाहेकको जम्मा मूल्य ५५६ रुपैयाँ आठ पैसा, कक्षा ३ को मातृभाषारस्थानीय विषयबाहेकको जम्मा मूल्य ५८० रुपैयाँ आठ पैसा, कक्षा ४ को मातृभाषा(स्थानीय विषयबाहेकको जम्मा मूल्य ६०२ रुपैयाँ आठ पैसा, कक्षा ५ को मातृभाषा÷स्थानीय विषयबाहेकको जम्मा मूल्य ४०८ रुपैयाँ एक पैसा तोकिएको उल्लेख गरेको छ ।

 

त्यस्तै गरी कक्षा ५ को मातृभाषारस्थानीय विषयबाहेकको जम्मा मूल्य बाहेकको ७१२ रुपैयाँ आठ पैसा, कक्षा ७ को मातृभाषारस्थानीय विषयबाहेकको जम्मा मूल्य ७५२ रुपैयाँ चार पैसा, कक्षा ८ को मातृभाषा(स्थानीय विषयबाहेकको जम्मा मूल्य ७६१ रुपैयाँ तीन पैसा तोकिएको छ ।

मन्त्रालयले कक्षा नौ को अनिवार्य सबै विषयको मूल्या ७७४ रुपैयाँ चार पैसा, कक्षा दशको अनिवार्य विषय सबैको ४९६ रुपैयाँ पाँच पैसा, कक्षा ११ को अनिवार्य तीन विषयको जम्मा २७० रुपैयाँ ६ पैसा र कक्षा १२ को अनिवार्य तीन विषयको ३२३ रुपैयाँ ९ पैसा ताकेको छ ।केन्द्रले विवरणमा समावेश हुन नसकेका कक्षा ९ का ऐच्छिक विषयका मुद्रणीय प्रति एक रङमा भएकाले प्रति पेज ०.३६ र बहुरङमा छापिएका अंग्रेजी माध्यामका पाठ्यपुस्तकका हकमा नेपाली माध्याममा छापिएका पाठ्यपुस्तक सरह तथा अन्य कक्षाका एक रङमा छापिएको ऐच्छिक विषयका पाठ्यपुस्तकको हकमा प्रति पेज ०.३६ का दरले हुन आउने रकम (प्रिलिम्ससहित) पाठ्यपुस्तकको कभर÷प्रिलिम्स पेजमा उल्लेख गरी छपाई तथा वितरण गर्ने जनाएको छ । पाठ्यपुस्तकको पृष्ठसंख्या फरक परी मूल्य फरक परेमा पृष्ठसंख्या हेरी सच्याईने सूचनामा उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार