आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • सरकारद्वारा राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरीयो
Breaking News

सरकारद्वारा राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरीयो

 

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारले निलम्बन गरेको बारे थाहा भएको र औपचारिक पत्र भने नआइसकेको गभर्नर अधिकारीले जानकारी दिए । हिजो बिहीवार बसेको मन्त्रिपरिषद्‍को बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति नै गठन गरिएको हो ।

ऐनको व्यवस्थाअनुसार छानबिन समिति गठन भएपछि गभर्नर स्वतः निलम्बन हुने प्रावधान छ। मन्त्रालयले गठन गरेको छानबिन समितिमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेललाई सदस्य राखिएको छ। समितिलाई एक महिनाभित्र छानबिनको प्रतिवेदन पेश गर्न भनिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै गभर्नरबारे छानबिन गर्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई निर्देशन दिएको बताइएको छ। बैठकमा प्रधानमन्त्री देउवाले आक्रोशित हुँदै अधिकारीमाथि काम गर्न नसकेको आरोप लगाएको स्रोतले बताएको छ। राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार