शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सुदूरपश्चिम सरकार पुनर्गठन
Breaking News

सुदूरपश्चिम सरकार पुनर्गठन

 

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो। मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहोरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका हुन्। आर्थिक मामिलामन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्। एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ। उनीहरूले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो।

भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन्। अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएकी छिन् भने अमर साउद नियुक्त भएका छन्। सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजवादीले फिर्ता बोलाएको छ। नवनियुक्त मन्त्रीलाई आजै शपथ गराइएको छ। लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेका थिएनन्। तर स्थानीय चुनावमा केन्द्रको गठबन्धनको असर सुदूरपश्चिममा पर्ने भएपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार