आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • आउँदो आर्थिक वर्षमा बजेटको आकार बढाएर सबैको पहुँचमा स्वास्थ्य सेवा निःशुल्क गराउनतर्फ लाग्नुपर्दछ: भट्टराई
समाचार

आउँदो आर्थिक वर्षमा बजेटको आकार बढाएर सबैको पहुँचमा स्वास्थ्य सेवा निःशुल्क गराउनतर्फ लाग्नुपर्दछ: भट्टराई

 

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट बढाएर स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले आज शुक्रवार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको स्वास्थ्य क्षेत्र : वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आउँदो आर्थिक वर्षको बजेट बढाएर स्वास्थ्य सेवाको गुणस्तर तथा सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बताए । उनले संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने उल्लेख गरे पनि त्यसो गर्न नसकिएको बताए ।

‘सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क दिनुपर्दछ भनेर हामीले नै संविधानमा राखेका छौँ’, भट्टराईले भने, ‘तर अहिले व्यवहारतः कार्यान्वयन गर्न सकिएको छैन । आउँदो आर्थिक वर्षमा बजेटको आकार बढाएर स्वास्थ्य सेवा निःशुल्क गराउनतर्फ लाग्नुपर्दछ ।’उनले सरकारबाट सञ्चालित रहेका स्वास्थ्य संस्थालाई बलियो बनाइ नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने धारणा राखे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार