सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • आउँदो शनिवारसम्म दलहरूको अवस्था र तालमेल आवश्यकताबारेको प्रतिवेदन प्रदेश संयन्त्रलाई पठाउन निर्देशन
Breaking News

आउँदो शनिवारसम्म दलहरूको अवस्था र तालमेल आवश्यकताबारेको प्रतिवेदन प्रदेश संयन्त्रलाई पठाउन निर्देशन

 

सत्ता गठबन्धनको चुनाव तयारी तथा अनुगमन समितिले स्थानीय तहमा गठबन्धनमा आबद्ध दलहरूको अवस्था र तालमेल आवश्यकताबारेको प्रतिवेदन आउँदो शनिवारसम्म पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको बैठकले प्रदेश संयन्त्रलाई २६ गते शनिवारभित्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिए । यसअघि प्रदेश संयन्त्रलाई २२ गतेभित्र प्रतिवेदन बुझाउन भनेकोमा प्राप्त नभएकोले समय थप गरिएको उनले बताए।

समितिको अर्को बैठक २७ गते आइतवार बस्ने भएको छ । आजको बैठकले गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने निर्णय पनि गरेको छ । उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा उम्मेदवार चयनका लागि न्यूनतम मापदण्ड बनाउने निर्णय गरेको र मापदण्ड कस्तो हुने भन्नेमा छलफल सुरु भएको उनले बताए ।हिजो मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार