शनिबार, साउन १२, २०८१
  • होमपेज
  •  उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपालले आउँदो चैत २५ र २६ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने
Breaking News

 उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपालले आउँदो चैत २५ र २६ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने

 

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले आउँदो चैत २५ र २६ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । बुधवार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आठौं राष्ट्रिय महाधिवेशन गर्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संघका महासचिव लोकबहादुर भण्डारीले विदेशी शिक्षाको रुपमा वार्षिक रुपमा लाखौँ विद्यार्थीहरु बाहिर जाने र अर्बौं रुपैयाँ बाहिरिरहेको भन्दै यसमा सरकार संवेदनशील हुनुपर्ने बताए ।

उनले विदेशमा जाने विद्यार्थी र रकम जोगाउनका लागि निजी क्षेत्रमा नभइ सामुदायिक क्षेत्रसँग पनि हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिहरुको उपस्थिति रहने बताए ।महासचिव भण्डारीले महाधिवेशनले नेपालभर रहेका निजी शिक्षालयहरु बीचको एकतालाई मजबुत बनाउने, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न, निजी शिक्षालयहरुको समस्या समाधान गर्ने र शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा सहयोग गर्ने अपेक्षा लिएको पनि बताए ।

त्यस्तै संघका अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा देशभित्र भएको विभेदलाई हटाउनु पर्ने बताए । उनले विदेशी र नेपाली शिक्षालयको शिक्षामा ने विभेद भएको भन्दै त्यसलाई हटाउनु पर्ने बताए । उनले सरकारले वहन गर्नुपर्ने जिम्मेवारी निजी क्षेत्रले गरिरहेको र अझै धेरै गर्न तत्पर रहेको तर सरकारले त्यो वातावरण सिर्जना गर्न सक्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार