आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • युक्रेनको बुचा सहरमा भएको नरसंहारको भारतद्वारा निन्दा
Breaking News

युक्रेनको बुचा सहरमा भएको नरसंहारको भारतद्वारा निन्दा

 

युक्रेनको बुचा सहरमा भएको नरसंहारको भारतले पनि निन्दा गरेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणबारे मौन बसेको भारतले बुचामा भएको निःशस्त्र व्यक्तिलाई यातनासहित हत्या गरेको घटनाको निन्दा गरेको हो । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा भारतीय राजदूत टीएस तिरुमूर्तिले बुचा घटनाको निन्दा गर्दै स्वतन्त्र अनुसन्धान गर्न माग गरेको बीबीसीले जनाएको छ । मानव अधिकार सङ्गठनले बुचाको एउटा चर्चबाहिर झन्डै तीन सय जनाको शव भेटिएको बताएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन र भारतीय विदेश मन्त्री एस जयशङ्करबीच टेलिफोनमा कुराकानी भएको केही बेरपछि बोलेका भारतीय राजदूत तिरुमूर्तिले बुचामा निःशस्त्र मानिस मारिएका रिपोर्टहरू डरलाग्दा भएको बताएको बीबीसीले जनाएको छ ।
sss
सैन्य हतियारमा रुसमाथि निर्भर भारतले रुस–युक्रेन तनावलाई वार्तामार्फत समाधान गर्नुपर्ने बताए पनि रुसको कदमको आलोचना भने गरेको थिएन । रुसले पनि कश्मीर मामिलामा समेत भारतलाई समर्थन गर्दै आएको छ । यसैबीच रुसी सेनाले युक्रेनको पूर्वी र दक्षिणी सहरहरूमा गोलाबारी गरिरहेको छ । राजधानी किएभ र आसपासबाट पछि हटेको भए पनि खार्किभसहित पूर्वी र दक्षिणी सहरहरूमा आक्रमण भइरहेको बीबीसीले जनाएको छ । आक्रमणको डरले डोनबासबाट हजारौँ मानिस अन्यत्र गइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार