बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • नेपालमा झन्डै आधा गर्भाधारण अनिच्छित
Breaking News

नेपालमा झन्डै आधा गर्भाधारण अनिच्छित

 

नेपालमा वर्सेनि हुने गर्भधारणमध्ये झन्डै आधा गर्भधारण अनिच्छित हुने गरेको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले आज बुधवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा वर्षेनी गर्भधारण गर्ने करिब १२ लाख महिलामध्ये झण्डै आधाले अनिच्छित गर्भधारण गर्ने गरेको पाइएको छ ।अनिच्छित गर्भधारणमध्ये झन्डै दुई तिहाइ गर्भपतन हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख गरे अनुसार नेपालमा गर्भाधारणको चाहना नभए पनि प्रजनन उमेरका झन्डै ४४ प्रतिशत महिला परिवार नियोजनका सुरक्षित र आधुनिक तरिकाहरू प्रयोग गर्दैनन् । गर्भ बसिहालेमा गर्भपतन गराउन पाइन्छ भनेर अस्थायी साधन कम प्रयोग हुन थालेको भन्ने दाबीहरूलाई प्रतिवेदनले सहयोग गरेको छ । नेपालमा प्रजनन उमेरका विवाहित महिलामध्ये झन्डै ४३ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्छन् । परिवार नियोजनको आवश्यकता भएर पनि सेवा नपाउने महिलाहरूको सङ्ख्या २४ प्रतिशत छ ।

महिला तथा किशोरीहरूलाई प्रजनन अधिकारबाट वञ्चित गर्ने विभेदकारी लैङ्गिक मान्यता नै उच्च सङ्ख्यामा रहेको अनिच्छित गर्भाधारणको प्रमुख कारक रहेको यूएनएफपीएको प्रतिवेदनमा उल्लेख छ । यूएनएफपीएले सार्वजनिक गरेको स्टेट अफ वर्ल्ढ पपुलेशन रिपोर्ट २०२२ मा विश्वभर १२ करोड १० लाख महिला तथा किशोरीहरू अनिच्छित गर्भाधारण गर्न बाध्य भइरहेको उल्लेख छ ।

सिइङ द अनसिन स् द केश फर एक्सन इन द नेग्लेक्टेड क्राइसिस अफ अनइन्टेन्डेड प्रिग्नेन्सी शीर्षक दिइएको यस बर्षको प्रतिवेदनले समुदाय, महिला तथा किशोरी र विश्व स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार