बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • रुस–युक्रेन वार्तामा प्रगति
समाचार

रुस–युक्रेन वार्तामा प्रगति

 

रुसको रक्षा मन्त्रालयले युक्रेनको राजधानी किएभ तथा चेर्निहिव क्षेत्रमा सैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको छ । टर्कीको इस्तानबुलमा भएको रुस–युक्रेन शान्ति वार्ताको नयाँ चरणपछि रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले किएभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय गरेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । फोमिनले रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्नका लागि सैन्य गतिविधि घटाउने निर्णय गरेको बताए। आजको वार्तामा युक्रेनको तटस्थता र गैरआणविक स्थितिका साथै युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उनले बताए ।

यसैबीच रुस र युक्रेनबीचको वार्तामा स्पष्ट प्रगति देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले घटेको छ । यस्तै अमेरिकी डलरको तुलनामा निकै कमजोर भएको रुसी मुद्रा रुबलको अवस्था १० प्रतिशतले सुध्रिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार