शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कोलम्बो पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त
समाचार

कोलम्बो पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को १८ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन श्रीलंकाको कोलम्बो पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्का द्विपक्षीय भेटवार्तामा व्यस्तरहेका छन् । उनले श्रीलंकाका प्रधानमन्त्री महेन्द्र राजापाक्षसहित भारत, बङ्गलादेश र इल्याण्डका विदेशमन्त्रीसँग बेग्ला बेग्लै भेटेका छन् ।

ती भेटमा द्विपक्षीय एवं बहुपक्षीय चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले थाइल्याण्डका पप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री दोन प्रमुदिनाइ र बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमनसँगको भेटमा व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार