राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई आज मङ्गलवार सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेकी हुन् ।
श्रेष्ठ अहिलेसम्म उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए। नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई न्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु