शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने
समाचार

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै देउवा भारत भ्रमणमा जान लागेको पुष्टि गरेको हो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका देउवा चैत २० मा नेपाल फर्किनेछन् ।
भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार