मङ्लबार, कार्तिक २७, २०८१
  • होमपेज
  • मल्टिप्लेक्स चेनबीच मर्जरको घोषणा
समाचार

मल्टिप्लेक्स चेनबीच मर्जरको घोषणा

भारतका दुई ठूला मल्टिप्लेक्स चेनबीच मर्जरको घोषणा भएको छ । कोभिड(१९ महामारीले थलिएको फिल्म उद्योगलाई जोगाउन यस्तो कदम चाल्नुपरेको जनाईएको छ । रोयटर्सका अनुसार पीभीआर र आइनक्स लिजरले दुई ठूला मल्टिप्लेक्सबीच मर्जर गर्ने घोषणा गरेका हुन् । यी दुईबीच मर्जर भए १०९ सहरमा १ हजार ५०० पर्दा हुनेछन् ।
‘फिल्म प्रदर्शन व्यवसाय महामारीको कारण सबैभन्दा नराम्रोसँग प्रभावित क्षेत्र पनि भएको र यसको दीर्घकालीन अस्तित्व तथा ओटीटी प्लेटफर्महरुको आक्रमणसँग लड्नका लागि दक्षता हासिल गर्न एक हुनु आवश्यक छ,’ पीभीआर अध्यक्ष अजय बिजलीले भने ।
ओभर दी टप भनिने नेटफ्ल्क्सि, अमेजन प्राइम र डिज्नेजस्ता डिजिटल प्लेटफर्मले महामारी प्रभावित भारतीय फिल्म उद्योगलाई झनै संकटमा पारेको उनीहरुको दाबी छ । ८५० पर्दासहित पीभीआर भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन हो भने आईएनएक्स लिजरसँग ६५० वटा पर्दा छन् । दुई वर्षको अवधिमा महामारीले धेरै फिल्म हल बन्द भएको बेला यी दुई कम्पनीबीच मर्जर भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार