बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • छात्रालाई पनि विद्यालयमा अध्ययनको व्यवस्था गर्नुपर्ने माग गर्दै अफगानिस्तानमा प्रदर्शन
Breaking News

छात्रालाई पनि विद्यालयमा अध्ययनको व्यवस्था गर्नुपर्ने माग गर्दै अफगानिस्तानमा प्रदर्शन

 

अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले विद्यालय खोल्न माग गर्दै प्रदर्शन गरेका समाचार संस्था एएफपीले जनाएको छ । विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।

साथै उनीहरुले पदर्शनलाई राजनीतिक रुपमा नलिन पनि आग्रह गरेका छन् । अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन र अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो । सरकारको घोषणाप्रति विश्वभरबाट आलोचना भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार