आइतवार, पुस ७, २०८१
  • होमपेज
  • मधेस प्रदेशका मुख्यमन्त्री राउत र बेलायती राजदूतबीच शिष्टाचार भेटघाट
Breaking News

मधेस प्रदेशका मुख्यमन्त्री राउत र बेलायती राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटघाट भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

भेटका क्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो । बेलायती राजदूत पोलिटले यसअघि जनकपुरधाम उपमहानगरको कुवारामपुरमा रहेको मिथिला पेन्टिङको ग्यालरीको समेत निरीक्षण गरेका थिए ।

उनले निरीक्षणका क्रममा मिथिला पेन्टिङको प्रवर्द्धन र बजारीकरणका लागि बेलायतले सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बेलायती राजदूत पोलिटले बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा सञ्चालित योजनाहरुको निरीक्षणसमेत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार