कम्मान रावल
रेफरीले सिट्ठि बजायो,
र सुरु भयो,
एक खेल,
जिन्दगीको खेल,
उमेरको खेल।
कहिले फाउल भए,
कहिले घाइते भए,
कहिले लडे,
उठे र दौडिए,
लडे,
फेरि उठे र दौडिए।
नाम राख्न,
साइत हेराइयो,
बिबाह गर्न,
साइत हेराइयो,
तर साला,
मृत्यु साइत नहेरी आउँछ,
मेरोमा,
उसकोमा,
तपाईकोमा।
तिमी आउछौ,फूल लिएर,
मृत्यु रित्तो हात आउँछ,
झुपडीमा,
महलमा,
गाउँमा,
सहरमा।
तिमी,नाङ्गो पाउ हिड,
या चप्पल लगाएर,
तिमी,लुगा लगाउ,
या नाङ्गै हिड,
तिमी,जीवन सुतेर बिताउ,
या परिश्रम गरेर,
तिमी सुन बेच,
या चाँदी,
तिमी करोड कमाउ,
या एक रुपैयाँ,
तिमी रुदन गर,
या हाँस,
तिमी खाउ,
या भोकै बस,
तिमी सुखी हौ,
या दुखी।
मृत्युले यो सब हेर्दैन,
मृत्युले अनुहार हेर्दैन,
र मृत्युले अवस्था हेर्दैन।
मृत्यु कहिल्यै झुक्दैन,
बरु झुकाउछ हामिलाई,
मृत्यु आफू रुदैन,
रुवाछ अरुलाई।
जिन्दगीमा चल्न,
समय निकाल्नुपर्छ,
तर मृत्यु समय न निकाली आउँछ।
निश्चित छ,
तर अनिश्चित छ,
थाहा छ,
तर थाहा नभएको जस्तो गर्छौ,
सम्झन्छौ,
एकछिनमा बिर्सीदिन्छौ,
हास्छौ,
एकछिनमा रुन्छौ हामी।
मैले बाल्यकाल जिते,
मैले किशोरावस्था जिते,
मैले युवा अवस्था जिते,
मैले प्रकृति जिते,
मैले संसार जिते,
मैले अन्तरीक्ष जिते,
र बिश्वबिजेता बने।
जितका यति धेरै,
अनुभव बटुलेर पनि,
अदृश्य मृत्यु संग हारे,
अन्ततः हारबाटै,
जितहरुको अन्त्य भयो।
यहाँ सबकुछ छ,
सुरुवात छ,
अन्त्य छ,
जन्म छ,
र मृत्यु छ।।
फेसबुक प्रतिक्रियाहरु