बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • विद्युत नियमन आयोगका तीनजना पदाधिकारीलाई तत्काल पदबाट नहटाउनु सर्वोच्च अदालतको आदेश
Breaking News

विद्युत नियमन आयोगका तीनजना पदाधिकारीलाई तत्काल पदबाट नहटाउनु सर्वोच्च अदालतको आदेश

 

सर्वोच्च अदालतले विद्युत नियमन आयोगका तीनजना पदाधिकारीलाई तत्काल पदबाट नहटाउनु भनी अल्पकालिन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह र सदस्य भागिरथी ज्ञवालीलाई तत्काल पदबाट नहटाउनु भनी आदेश दिएको हो । आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले तत्काल पदबाट नहटाउनु र दुवै पक्षलाई छलफलका लागि बोलाउनु भनी आदेश गरेको हो । गत बुधबार २ चैत . मा पनि न्यायाधीश नहकुल सुवेदीको इजलासले आयोगका सदस्य रामेश्वरप्रसाद कलवारलाई तत्काल पदबाट नहटाउनु भनी आदेश दिएको थियो । सर्वोच्च अदालतले दुवैपक्षलाई १३ चैतमा छलफलका लागि बोलाएको छ ।

सरकारले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह, सदस्यहरु रामेश्वर कलवार र भागिरथी ज्ञवालीलाई स्पष्टिकरण सोधेको थियो । बुझाएको स्पष्टिकरण सन्तोषजनक नभएको भन्दै उनीहरुमाथि छानविन गर्न समिति गठन गरेको थियो । अर्का सदस्य डा. रामप्रसाद धितालले भने पदबाट हटाउने कारवाहीको जानकारी पाएपछि राजिनामा दिएका थिए । समितिको प्रतिवेदनका आधारमा तीनजनालाई सरकारले पदबाट बर्खास्त गरेको हो । आयोगका पदाधिकारीहरुले आफूहरुले गरेको कामको फेहरिस्त पेश गर्दै आफूहरुमाथि पूर्वाग्रही रुपमा कारवाही भएकाले सरकारको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गरेका थिए । विद्युत नियमन आयोग ऐन २०७५ मा आयोगका पदाधिकारीहरुको पदावधि ५ वर्षको हुने व्यवस्था छ । सरकारले २५ बैशाख २०७६ मा यी पदाधिकारी नियुक्त गरेको हो । पदाधिकारीमाथि छानविन गर्न गठित समितीले सफाई सन्तोषजनक नभएको भनी पदबाट हटाउन सिफारिस गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार