शनिबार, साउन १२, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घट्यौ
अर्थ

वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घट्यौ

 

वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । पछिल्लो एकसातामा २७ वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको नेपाल बैकर्स संघले जनाएको छ । ३० फागुनसम्म बैंकहरुको कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ थियो । एक सातामा ४ चैतसम्म कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ । कर्जासँगै निक्षेप संकलन समेत घटेको संघले जनाएको छ । संघका अनुसार ३० फागुनसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ थियो । ४ चैतसम्म ५ अर्ब रुपैयाँले घटेर बैंकको निक्षेप ४३ खर्ब २८ अर्बमा झरेको छ । पछिल्लो समय बैंकहरुले निक्षेप बढाउन सकेका छैनन् । निक्षेप नबढेपछि बैंकहरुले चैत महिनाका लागि पनि फागुनकै बराबर निक्षेपमा ब्याजदर दिने घोषणा गरेका छन् ।

लगानी योग्य रकम तरलता अभाव समस्या समाधान नभएपछि बैंकहरुले अघिल्लो महिनादेखि नै नयाँ कर्जा लगानी ठप्प बनाएका छन् । अघिल्लोे एक सातामा बैंकहरुको कर्जा लगानी एक अर्बले घटेको थियो । अधिकांश बैंकहरु आफै कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् भने थोरै दिन सक्ने बैंकहरुले समेत कर्जा लगानी रोकेका छन् । बैंकहरुले कर्जाको नयाँ निवेदन नै लिन छाडेपछि कर्जा लगानी घटेको छ । २० फागुनसम्म २७ वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ थियो । २७ फागुनसम्म कर्जा लगानी घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको थियो । कर्जा लगानी ठप्प भएपनि निक्षेपमा समेत सुधार हुन सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार