आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • मिस्टर नेपाल २०२२ को अडिशन सुरु
Breaking News

मिस्टर नेपाल २०२२ को अडिशन सुरु

आजदेखि मिस्टर नेपाल २०२२ को अडिशन सुरु भएको छ । शनिवार काठमाण्डौमा अडिशन शुरु भएको हो । अडिशनका क्रममा आफ्नो धारणा राख्दै सरोकारवालाहरुले नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली व्यवसायीलाई नै सहयोग पुग्ने बताए । कोभिड पछि खुल्दै गरेको बजार र व्यवसायमा सरकारको सहयोग भए व्यवसायीहरुको मनोबल उच्च हुने उनले बताएका छन् । उनले अन्य छिमेकी देशहरुमा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने बताए । आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वर्ल्डको बाटो खुला गरेको पनि बताए ।
‘मिस्टर नेपाल २०२२ लाई राष्ट्रिय स्तरबाट पनि केही सरकारको सहयोग भइदियो भने सहज हुन्थ्यो । छिमेकी राष्ट्र भारत, चीन, कोरिया लगायतका देशमा सरकारको तर्फबाट राष्ट्रिय तहको प्रतियोगिताहरुलाई सिधा सरकारले सहयोग गरिरहेको हुन्छ’ उनले भने, ’ नेपालमा यस खालको अप्रोच नभएको मैले देखिरहेको छु । यो प्रोग्रामले विश्वभर नेपाललाई चिनाउँछ, यसलाई सहयोग गर्न नेपाल सरकारबाट पनि केही हामीलाई सहयोग होस् भन्ने अपेक्षा गरेका छौँ । यसले यो कार्यक्रम गर्ने मान्छेलाई पनि उर्जा आउँथ्यो ।’ मिस्टर नेपालले आजबाट मिस्टर नेपालको अडिशन शुरु गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार