शनिबार, साउन १२, २०८१
  • होमपेज
  • अर्को चुनावमा पक्का जित्छौँ :नेता खनाल
Breaking News

अर्को चुनावमा पक्का जित्छौँ :नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेस र नेकपा एमाले बोरामा पैसा बोकेर निर्वाचनमा जाने टिप्पणी गरेका छन्। इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै कांग्रेसका केही नेता र केपी ओलीले पहिलो नम्बरमा आफूलाई हराउने रणनीति बनाएको बताएका हुन् । नेता खनालले भने, ‘विभिन्न खालको शक्तिहरू अहिले पनि आउँदैछन् । चुनावमा कांग्रेस बोरामा पैसा बोकेर आउँछ । उनीहरूको चरित्र पनि त्यही हो । उनीहरू हामी सबै जित्छौँ भनिरहेका छन् नि। त्यो सबै पैसाको धाक हो।’ गठबन्धनको विषयमा कांग्रेसभित्र दुईवटा धार भएकाले नेतृत्वले जे निर्णय गर्छ त्यही हुने बताए। खनालले भने, ‘जहाँ सम्भव हुन्छ त्यहाँ मिल्ने, सम्भव नभए एक्लै जाने हाम्रो नीति हुन्छ । एक्लै जाँदा हारिन्छ भनेर डराउने कुरै छैन। अर्को चुनावमा पक्का जित्छौँ ।’
उनलले कांग्रेसका केही नेता बसेर एक नम्बरमा आफूलाई हराउने योजना बुनेको आरोप लगाएका छन् । ‘कांग्रेसका केही नेता मात्रै होइन। केपी ओली बोरामा पैसा लिएर जान्छन्। एमालेको अर्को बैठक बसेर मेरो निर्वाचन क्षेत्र इलाम १ बाट क्याम्पेन गर्ने कुरा गरेछन् । केपी ओली ६ गते त्यहाँ जाँदैछन’ उनले भने, ‘कति मान्छे जम्मा गर्छन् हेर्न बाँकी छ । तर, केपी ओली पनि पैसा बोरामै लाने हुन् । हामी सर्वहारा वर्गका पार्टी हौँ । हामी बोरामा होइन खल्तीमा पनि लिएर हिँड्न सक्दैनौँ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार