सोमवार, पुस ८, २०८१
  • होमपेज
  • सरकारद्वारा ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु गरिने
Breaking News

सरकारद्वारा ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु गरिने

उनका अनुसार यो तालिममा सबै जाति, लिंग र सम्प्रदायका मान्छेले सहभागिता जनाउन सक्छन् । तालिम चैत १५ गतेदेखि नारायणहिटी दरबार परिसरमा रहेको विकास समितिको कार्यालयमा सञ्चालन हुने सदस्य सचिव ढुंगेलले जानकारी दिए । ६ महिनासम्म चल्ने छ तालिम हरेक दिन अपराह्न ४ बजेदेखि २ घण्टासम्म चल्ने छ । सहभागिताको लागि ६ महिनाको १५ हजार शुल्क तोकिएको छ । इच्छुक व्यक्तिले समितिको कार्यालयमा सम्पर्क गर्न सक्ने जानकारी ढुंगेलले दिए । यो प्रशिक्षण कार्यक्रम भएकाले सहभागीहरुको न्युनतम योग्यता नतोकिएको ढुंगेल बताउँछन् । सामान्यतया संस्कृत शब्द उच्चाहरण गर्न सक्ने जोकोही पनि तालिममा सहभागी हुन पाउने समितिले जनाएको छ । तालिम सम्पन्न भएपछि सहभागीलाई प्रमाणपत्रको व्यवस्था गरिएको छ । त्यसले पछि लाइसेन्स प्राप्त गर्न नि सहज हुने समितिका अधिकारीहरु बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार