बिहिबार, अशोज ३, २०८१
Breaking News

नामको मात्रै भलाद्मी !

झुटा नारा फैल्याई, उग्र राष्ट्रवाद उछाली
आफ्नै जनलाई युद्धको भुमरीमा फाली
भट्याऊ तिमी,
‘विचारभन्दा माथि देश’ भन्ने निजी विचार
आर्त जनका आँसु र रगत दिँदै छन् धिक्कार
मेरै हुन भन्छौ भने किन तर्साउँछौ ?
आफ्नै माथि किन आगो बर्साउँछौ ?
भट्याऊ तिमी,
हामीमाथि बाह्य शक्ति हाबी हुने डर छ !
पराईको कुरा छोड तिम्रो नै के भर छ ?
एकल निर्णय नलेऊ, अरूको मत पनि सुन्ने गर
अहंकार तुष्टिका लागि नभत्काऊ शान्त सहर!
भट्याऊ तिमी,
एकल केन्द्रात्मक ताना शाही शासन नै चाहिन्छ…
आँखा खोल भोलाद्मी लोकतन्त्रमा मात्रै पाइन्छ !

विष्णु जोशी

https://twitter.com/BishnuJoshi999

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार