शनिबार, साउन १२, २०८१
  • होमपेज
  • चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिड्न डराए : एमाले सचिव विष्ट
Breaking News

चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिड्न डराए : एमाले सचिव विष्ट

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन् । सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए । देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उनले दाबी गरे । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिड्न डराएको बताए ।
‘देश र जनताको हितका लागि पनि आगामी चुनावमा एमालेले जित्नैपर्ने हुन्छ । गठबन्धनका रुपमा एमालेका विरुद्ध चुनाव लडन आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ’ सचिव विष्टले भने, ’नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ । देशको भाग्य र भविष्यको निम्ति पनि यो चुनाव एमालेले जित्न जरुरी छ ।’ सचिव विष्टले आगामी चुनावमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुनु पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार