शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • प्रहरीको कुटाइबाट युवकको ज्यान गएको आरोपपछि ४ सदस्यीय छानबिन समिति गठन
Breaking News

प्रहरीको कुटाइबाट युवकको ज्यान गएको आरोपपछि ४ सदस्यीय छानबिन समिति गठन

 

सुर्खेतमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको ज्यान गएको आरोपपछि छानबिन समिति गठन गरिएको छ । कालिकोट तिलागुफा नगरपालिकाका युवक कृष्ण हमालको ज्यान प्रहरीको कुटाइबाट गएको भन्दै आफन्ले विरोध प्रदर्शन गरेपछि वीरेन्द्रनगर तनावग्रस्त छ । तनाव साम्य पारि समाधान गर्न तथा घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले ४ सदस्यीय छानबिन समिति गठन गरेको हो। प्रशासनले एक अपिल जारी गर्दै घटनाबारे सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ।
छानबिन समितिलाई ३ दिनभित्र घटनाको सत्यतथ्य प्रतिवेदन पेश गर्ने गर्न निर्देशन दिइएको छ। नेपालगन्जबाट जुम्लाका लागि शुक्रबार छुटेको भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुर्खेतस्थित सुब्बाकुना प्रहरीले राति निर्घात कुटपिट गरी सिकिस्त बनाएपछि सोही कारण ज्यान गएको आरोप आफन्तले लगाएका छन्। हमाललाई उपचारको लागि आज बिहान सुर्खेत अस्पताल ल्याए पनि अस्पताल नपु¥याउँदै उनको ज्यान गइसकेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीलाई लगाएको आरोप सत्य हो या होइन र के कति कारणले हमालको ज्यान गयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । साथै आफन्तको विरोध प्रदर्शन उग्र भएपछि सम्भावित हुनसक्ने घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक बनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार