आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • विदेशी मुद्रामा बैंक खाता खोल्ने सीमा घट्यो
अर्थ

विदेशी मुद्रामा बैंक खाता खोल्ने सीमा घट्यो

 

विदेशी मुद्रामा बैंक खाता खोल्नका लागि चाहिने न्यूनतम रकमको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै गैरआवासीय नेपालीहरुले विदेशी मुद्रामा बैंक खाता खोल्न चाहिने न्यूनतम रकमको सीमा घटाएको हो ।
राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अब गैर आवासीय नेपालीहरुले एक हजार डलर वा सो सहरको विदेशी मुद्रामै नेपाली बैंकहरुमा खाता खोल्न सक्नेछन् । यसअघि विदेशी मुद्रामा खाता खोल्नका लागि न्यूनतम ५ हजार डलर वा सो सरहको विदेशी मुद्रामा खाता खोल्न सकिने व्यवस्था थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार