शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कुनै पनि देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता : मन्त्री कार्की
Breaking News

कुनै पनि देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता : मन्त्री कार्की

सरकारले सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेका निर्णय आज बुधवार सार्वजनिक गर्दै सरकारको धारणा राखेका हुन् । मन्त्री कार्कीले देशको परराष्ट्र नीतिको मर्मअनुसार छिमेकी मित्र राष्ट्र भारत र चीनलगायत अन्य कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताए । ‘सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने परराष्ट्र नीति मर्मअनुसार भारत चीन लगायत कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता छ’, उनले भने ।
सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पु¥याउने मित्रराष्ट्र, दातृ निकाय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सङ्घ–संस्थाप्रति आभारसमेत प्रकट गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार