बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा (कोभिड–१९) कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी सात हजार सात सय ४३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ६२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अब नेपालमा नौ हजार ६ सय ७८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ३१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा एक लाख १५ हजार चार सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ६६ लाख ९१ हजार ६ सय ३० मात्रा खोपको प्रयोग भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार