शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेपालद्वारा ओमान नौ विकेटले पराजित
Breaking News

नेपालद्वारा ओमान नौ विकेटले पराजित

 

आईसीसी पुरुष टी २० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई नौ विकेटले हराएको छ । ओमानले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर २ बलमा मात्र एक विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । यस्तै आरिफ शेखले २१ रन बनाए । यसअघि आसिफ शेख १३ रन बनाएर आउट भए । बलिङतर्फ ओमानका जेशान मक्सुदले एक विकेट लिए ।
अलअमिरातमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । ओमानका लागि कप्तान जेशान मक्सुदले २१, आयन खानले १६ र नसीम खुशीले १५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले मात्र १३ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले एक–एक विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार