आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • आज छैटौँ निर्वाचन दिवस मनाइँदै
Breaking News

आज छैटौँ निर्वाचन दिवस मनाइँदै

आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । २०१५ साल फागुन ७ गते नेपाली नागरिकले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । निर्वाचन आयोगले २०७३ सालदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो स्थानीय तह चुनावमा स्वतःस्फूर्त सक्रिय एवम् उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेका छन् ।
सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । नेपालमा संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका सदस्यको चुनाव तथा यसपछि सम्पन्न भएका उपचुनाव र राष्ट्रिय सदस्य चुनावबाट देशभर झण्डै ४१ हजार सत सय जनप्रतिनिधि शासकीय प्रणालीमा सहभागी हुन सफल भएका छन् । अघिल्लो तीन चरणमा सम्पन्न स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीको पदावधि संविधान र ऐनअनुसार आउँदो जेठ ५ गते समाप्त हुने भएकाले त्यसअघि नै स्थानीय तहमा जनप्रतिनिधिको चयन गर्न चुनाव हुन लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार