आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • प्रचण्डकाे अभिव्यक्तिप्रति ईश्वर पाेखरेलकाे टिप्पणी ,
Breaking News

प्रचण्डकाे अभिव्यक्तिप्रति ईश्वर पाेखरेलकाे टिप्पणी ,

मुख्य प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पु¥याउने काममा अध्यक्ष दाहाल लागि परेको बताए । शनिबार काठमाण्डौ महानगरपालिका – ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले अध्यक्ष दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याइँ गरिरहेको आरोप समेत लगाए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरीत हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराए । उनले जनताको बीचमा फट्याइँ कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरेका छन् ।
‘राजनीतिक ढंगले अनेक खालका दूभाग्यपूर्ण विवादहरु देखिरहेका छौं हामीहरु । राजनीतिक पार्टीका नेता यता हे¥यो यतैका कुरा, उता हे¥यो उताका कुरा, ऊ पर हे¥यो, परका कुरा गर्ने खालका भए भने त्यो फट्याइँबाट समाज आक्रान्त हुन पुग्छ’ उनले भने, ’राजनीतिक पार्टीका मान्छेहरुले जे जनताको हितमा, देशको हितमा हुन्छ, त्यो सही कुरा बोल्ने सामर्थ्य राख्नुपर्दछ । तर यहाँ झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन् । जो दूर्भाग्यपूर्ण कुरा हो ।’
यस्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले सार्वजनिक सम्पत्तिहरु अतिक्रमण हुन नदिन र त्यसको सदूपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार