शनिबार, साउन १२, २०८१
  • होमपेज
  • युएईले नेपाललाई दियो १९३ रनको लक्ष्य
Breaking News

युएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

चार देशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स यूएईले नेपालसामु १ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनायो । यूएईका लागि चिराग सुरीले ५ चौका र ५ छक्का सहित सर्वाधिक ८४ रन बनाए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए । नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए । शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चार देशीय शृङ्खलामा सहभागी छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार