बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ‘दास र बतास जान खोज्छन् दरबार’
Breaking News

‘दास र बतास जान खोज्छन् दरबार’

लोकतन्त्रमा भड्काऊ नाराको भार
आखिर आफ्नै खुट्टामा बन्चरो प्रहार ।

राष्ट्र त मेरै मालिकले बनाएको भन्दै
दास र बतास जान खोज्छन् दरबार ।

दमन गर्नेका सालिक आखिर ढल्छन्
दोधारे प्रकृतिको हुन्छ घृणाको तरबार ।

सबै जाति र धर्मको साझा फूलबारीमा
सीमान्तकृतलाई विभेदको नपार मार ।

सबै नागरिकको अभिभावक राज्य हो
समतामूलक समृद्धि लोकतन्त्रको सार ।

विष्णु जोशी
Twitter : @BishnuJoshi999

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार