सोमवार, भदौ १७, २०८१
  • होमपेज
  • एमालेको अध्यक्षमा पुनः ओली निर्वाचित
Breaking News

एमालेको अध्यक्षमा पुनः ओली निर्वाचित

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका हुन् ।

चितवनमा आयोजित १०औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले एक हजार ८०८ मत पाएर अध्यक्ष निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी डा. भीम रावलले २२३ मत पाएका हुन् । निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो ।

एमालेका २ हजार १५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार