शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • कांग्रेस केन्द्रीय सदस्यमा जोशीको उम्मेदवारी
Uncategorized

कांग्रेस केन्द्रीय सदस्यमा जोशीको उम्मेदवारी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा कांग्रेस नेता जगतप्रसाद जोशी उम्मेदवारी दिने भएका छन् । चार दशकदेखि राजनीतिमा क्रियाशिल जोशी कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको उम्मेदवारी दिन लागेका हुन् ।

बझाङको खप्तडछान्ना गाउँपालिका–५ का स्थायीबासी जोशीले लामो समयदेखि नेपाली कांग्रेस बझाङको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । उनी २० वर्षअघि बझाङ जिल्लाको कांग्रेस सभापतिका प्रत्यासी थिए । पछि कांग्रेसको महासमिति सदस्यको रुपमा काम गर्दै आएका जोशी यसै मंसिर २४, २५ र २६ मा हुने महाधिवेशनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् ।

निष्ठाको राजनीतिज्ञको रुपमा चिनिएका जोशी अहिले बझाङबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार